0Shares

काठमाडौं, १८ पुस । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ ।

प्रा.ली.का ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका हुन् । कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

यसअघि पनि आफूहरुले विभिन्न संघ÷संस्थाहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाई छ । उनले आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकत्ताअनुसार सामाग्रीहरु उपलब्ध गराउने विश्वास दिलाए ।

कोषका सदस्यसचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रा.ली.लाई धन्यवाद दिएका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected