0Shares

काठमाडौं, २५ पुस । आगामी साल बैशाख १७ गते पहिलो चरणमा र बैशाख २७ गते दोश्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठक बसेको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ एवम् मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ बमोजिम सम्पादन गर्नुपर्न कार्यहरू निर्धारित कार्यतालिका बमोजिम समयमा सम्पन्न गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई निर्देशन दिने, जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई आवश्यक सहयोग, सहकार्य र समन्वयका लागि मातहत कार्यालयहरूलाई निर्देशन दिन गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत अनुरोध गरिएको आयोगे विज्ञप्ति जारी गरी जनाएको छ ।

समितिका संयोजक निर्वाचन आयुक्त नरेन्द्र दाहालको संयोजकत्वमा बसेको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, आयोगका सचिव, अर्थ मन्त्रालयका सचिव (राजश्व), गृह मन्त्रालयका सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव लगायत आयोगका अन्य अधिकृतहरूको सहभागिता थियो ।
यसको साथै निर्वाचन सम्बन्धी गतिविधि सञ्चालनका विभिन्न चरणमा अपनाउनु पर्ने तथा पालना गर्नुपर्ने सम्बन्धमा निर्वाचन लक्षित स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरी निर्वाचनमा अवलम्बन गर्ने सम्बन्धमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको उपस्थितिमा आयोगका सचिव, स्वास्थ्य तथा जनसंख्या मंत्रालयका सचिव लगायत आयोगका अधिकृतहरूको सहभागितामा विस्तृत छलफल समेत भएको जनाइएको छ । निर्वाचन आयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल गरी निर्वाचन लक्षित स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यविधि र मापदण्ड तयार गर्ने सम्बन्धमा छलफल भएको आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected