0Shares

पोखरा — गण्डकी प्रदेश निर्माण व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ। चैत २७ र २८ गते आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।

निर्वाचन समितिका अनुसार अध्यक्षमा टंकराज बराल निर्विरोध निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष ओमप्रसाद गौचन रहेका छन्। उपाध्यक्षहरूमा बाबुराम श्रेष्ठ, रत्नकुमार श्रेष्ठ र गोपाल भट्टचन चयन भएका छन्।

महासचिवमा कृष्णप्रसाद लम्साल, सचिवहरूमा दामोदर भिमिरे र पोषराज अधिकारी तथा कोषाध्यक्षमा दिपेन्द्रराज आचार्य र सह–कोषाध्यक्षमा रोशन केसी निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरूमा भिमबहादुर राना, सूर्यनारायण बराल, बलबहादुर राना, कृष्णप्रसाद पोखरेल, विनोद भण्डारी, सुरेश खवास, दलबहादुर श्रीस, नरबहादुर गुरुङ, बिरेन्द्र श्रेष्ठ, सपना खनाल र बन्दना कार्की चयन भएका छन्।

त्यस्तै, मनोनीत सदस्यमा रविचन्द्र खनाल र बिमलप्रसाद अर्याल तथा आमन्त्रित सदस्यमा बिष्णु प्रसाद ढुंगाना, मिनप्रसाद पौडेल, हेमन्त पाण्डे, संजय कमर र प्रकाश तिमिल्सिना रहेका छन्।

सपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष टंकराज बरालले व्यवसायिक इमानदारी र अनुशासनमा प्रतिबद्ध रहँदै व्यवसायिक प्रतिष्ठा अभिवृद्धि गर्ने धारणा व्यक्त गरे। उनले व्यवसायीका सबै जायज समस्याहरू समाधान गर्ने प्रतिबद्धता समेत जनाए।

नवनिर्वाचित कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, निर्माण क्षेत्रको गुणस्तर अभिवृद्धि तथा आपसी सहकार्य सुदृढ गर्ने लक्ष्य राखेको छ। साथै संस्थागत सुदृढीकरण र कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिएको अध्यक्ष बरालले जानकारी दिए।

सपथग्रहण कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्लले निर्माण व्यवसाय सुदृढ बनाउन आवश्यक सुझावको अपेक्षा व्यक्त गरे। उनले जिल्ला तहका समस्याहरू समाधान गर्न प्रदेश समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए।

कार्यक्रममा गण्डकी प्रदेश संघका सल्लाहकार राजेन्द्र पहारी, निवर्तमान अध्यक्ष ओम गौचन, सल्लाहकार शिवशंकर गौचन, कास्की जिल्ला अध्यक्ष लिलकाजी गुरुङ तथा निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected