0Shares

पोखरा — नाट्टा गण्डकी प्रदेशको आयोजना तथा सेभरका आधिकारिक साझेदार नेपालको सहकार्यमा सञ्चालित तीनदिने सेभर ग्लोबल डिस्ट्रीब्युसन सिस्टम (जीडीएस) सम्बन्धी तालिम सम्पन्न भएको छ। भदौ २६ देखि २८ गतेसम्म सञ्चालन भएको तालिममा नाट्टा गण्डकी प्रदेशमा आबद्ध विभिन्न टुर तथा ट्राभल कम्पनीका ६२ जना प्रशिक्षार्थी सहभागी भएका थिए।

समापन समारोह नाट्टा गण्डकी प्रदेशकी अध्यक्ष सङ्गीता शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी बोर्ड सदस्य तथा नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष सन्तोष पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा पोखरा पर्यटन परिषद् तथा परिषद्सँग आबद्ध विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका प्रतिनिधि, सेभर नेपालका प्रशिक्षक तथा फ्लाईदुबई नेपालका सामान्य बिक्री प्रतिनिधिलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष तथा नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष हरिराम अधिकारीले पर्यटन व्यवसायमा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताए। उनले यस्ता व्यावसायिक तालिमले पर्यटन व्यवसायीको दक्षता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहयोग पुग्ने धारणा राखे।

तालिममा सेभर प्रणालीमार्फत हवाई टिकट बुकिङ, टिकटिङ प्रक्रिया तथा अन्तर्राष्ट्रिय हवाई यातायातसँग सम्बन्धित व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम नाट्टा गण्डकी प्रदेशका महासचिव ताराप्रसाद गौतमले सञ्चालन गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected