पोखरा भ्यूज
काठमाडौं । निलम्बित मुख्यसचिव बैकुष्ढा अर्यालय ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि दायर गरेको भ्रष्टाचार मुद्दामा आइतबार विशेष अदालतमा भएको थुनछेकमा ५० हजार धरौटीमा छाड्ने आदेश आदेश भएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक बहस हुनुपूर्ण बयान गरी अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
विशेषले माग गरेको धरौटी रकम बुझाएर उनी आइतबार नै रिहा भएका छन् ।अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप छ । भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा रहेका उनलाई प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको छ ।

त्यस्तै गरी सोही मुद्दामा प्रतिवादी बनाइएका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।

