5Shares

पोखरा भ्यूज
काठमाडौं । सरकारले डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग बनाएको हो ।आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगलाई काम सुरु गरेको मितिले ३० दिनको कार्य दिन तोकिएको छ ।मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected