0Shares

काठमाडौं । नेपालमा पहिलो पटक व्हिल चियर क्रिकेटको एसिया कप आयोजना हुने भएको छ ।

काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल व्हिल चियर क्रिकेट संघले नेपालमा पहिलो पटक एसिया कप क्रिकेट आयोजना गर्ने जनाएको हो ।

नेपालमा अप्रिल अन्तिम साता एसिया कप आयोजना गर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगिता कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । टी–ट्वान्टी फम्र्याटमा हुने व्हिल चियर एसिया कप क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका खेलाडी सहभागी हुनेछन् । व्हिल चियर एसिया कप क्रिकेट विश्व मै पहिलो पटक आयोजना हुन लागेको संघले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected