0Shares

काठमाडौं । देशैभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन्– ‘कागजपत्र’ र ‘प्रेमलीला’ ।

अपिल विष्टले निर्देशन गरेको चलचित्र ‘कागजपत्र’मा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकको मुख्य अभिनय रहेको छ । यो चलचित्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको छ

त्यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको चलचित्र हो ‘प्रेमलीला’ । यो चलचित्रमा अन्तर्देशीय प्रेम कथा समेटिएको छ । चलचित्रमा अभिनेत्री दीपशिखा खड्का र अभिनेता मौसम खड्का एवम् अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालयातको अभिनय रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected