0Shares

काठमाडाैं । आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

प्रतियोगिताको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भएपछि मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । तर पछिल्लो समय राखेप सदस्य सचिव केशवकुमार विष्ट चैत २७ मा उद्घाटन हुने बताएका थिए ।

नेपालगञ्ज रंगशालाको भिआईपी प्याराफिटको निर्माण कार्यसम्पन्न नहुदाँ प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । तर अहिले भिआईपी प्याराफिटको काम तिव्र गतिमा अघि बढेको छ । चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बोर्ड बैठकले बैशाखको पहिलो साता प्रतियोगिताको मिति तय गरेको हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected