0Shares

लेखनाथ÷३०, आफ्ना सदस्यहरु विभिन्न क्षेत्रमा निर्वाचित भएको भन्दै तालचोक नौविसे नवज्योति आमासमूह र नौविसे टोल विकास संस्थाले स्वागत एवं सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

तालचोक टोल विकास संस्थाका सदस्य बाबुराम गिरी नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा, गंगा खनाल लेखनाथ सामुदायीक सेवा केन्द्रको कोषाध्यक्षमा र सुरजजंग राण र बुद्धिमाया थापा मगर सदस्यमा निर्वाचित भएका थिए ।

सम्मानित व्यक्तित्वको तर्फबाट बोल्दै उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरीले टोलस्तरमा गरिने कार्यक्रमले टोलबासीलाई एकिकृत बनाउन मद्दत पुग्ने बताए । टोल सुधारका लागि अरुको आश गर्नु भन्दा पनि आफै एक भएर अघि बढे सफल भईने धारणा राख्दै, कोभिडको सचेतनाका लागि टोलले खेलेको भूमिकाको प्रसंसा समेत गरे ।

तालचोक नौविसे नवज्योति आमा समूहका अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तालचोक टोल विकास संस्थाका अध्यक्ष शिव गिरी, सदस्यहरु धर्मदत्त बराल, हेमराज सापकोटा लगायतले टोलका सदस्यहरुले विभिन्न क्षेत्रमा निर्वाचित भएको बधाई ज्ञापन गर्दै, टोलविकासमा सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रम संस्थाका सचिव अनिता ढुंगानाले संचालन गरेकी थिईन ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected