0Shares

काठमाडौँ, २५ पुस । देशभर पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९ जनाको स्वास्थ्य परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार १५९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५८५ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५७ हजार २२९ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर पाँच हजार २१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ३३८ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म १९ लाख ७४ हजार ५६१ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ जसमा ९० महिला र ११७ पुरुष छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected