80Shares

पोखरा, ६ मंसिर

 

टंकराज अधिकारी ।
पोखरा महानगरको ट्राफिक ब्यवस्थापनलाई सुस्त दुरुस्त पार्ने उद्देश्यले सप्ताहब्यापी ट्राफिक ब्यवस्थापन सुधार कार्यक्रम पोखरामा आजदेखि सुरु भएको छ । गण्डकी प्रदेशको मुख्य र ट्राफिक ब्यवस्थापन जिम्मेवारीका हिसावले प्रमुख चोकको रुपमा रहेको पोखराको पृथ्वीचोकको ट्राफिक ब्यवस्थापन तथा समग्र पोखरा महानगरको ट्राफिक ब्यवस्थापनलाई चुस्त र दुरुस्त पार्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरिक्षक अमृत बहादुर बस्नेतले जानकारी दिए ।
सप्ताहब्यापी रुपमा सञ्चालन हुने पृथ्वीचोकको ट्राफिक ब्यवस्थापन सुधार कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्की र पोखरा स्थित बिभिन्न सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । कार्यक्रममा मुख्यतः ट्राफिक दुर्घटना न्युनिकरण एवम सवारी ब्यावस्थापन सम्बन्धि जनसचेतनामुलक कार्यक्रम आयोजना गरिने छ ।


कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले ब्यवस्थित ट्राफिक ब्यवस्थापनले शहरको सभ्यताको पहिचान दिन्छ भन्दै सडक पूर्वाधार शहरको समृद्धिको मुख्य आधार भएको बताए । उनले सभ्यताको सुरुवातसँगै सडक पूर्वाधारले मानवजातिको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भुमिका खेल्दै आएको बताउदै सडक मार्गबाट नै ब्यापार ब्यवसाय लगाएत मानविय गतिविधि सहज हुने भएकाले सडकलाई सभ्यता र समृद्धिको प्रमुख आधार मानिएको हो । सडक दुर्घटना न्यूनिकरण गर्न सरोकारवाला निकायहरु एकै ठाउँमा बसेर समस्या र चुनौतिको समाधान गर्नु पर्नेमा समेत जोड दिएका थिए ।

सो कार्यक्रममा महानगर ट्राफिक ब्यवस्थापन शाखा प्रमुख ई.सुरेन्द्र पौडेलले सिमित बजेटको कारण महानगरले सोचे जति कार्य गर्न नसकेको जानकारी दिए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगबहादुर केसीले सरोकारवाला निकायको समन्वयका अभावका कारण दुर्घटना बढेको बताउदै यातायात ब्यवसायीको तर्फबाट ट्राफिक ब्यवस्थापनमा भरपुर सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बालबालिका र वातावरण मैत्री बिधालयका लागि बाबा फाउण्डेशन नेपालले ‘म जिम्मेवार चालक’, ‘म जिम्मेवार पैदल यात्रु’ र स्कुल बस सेफ्टी, डस्वीनको प्रयोग सम्बन्धि स्टिकरका साथै सडक प्रयोगकर्ता निर्दैशिका पुस्तक २५० थान र १ हजार ५ सय पिस मास्क वितरण गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतले समग्र पोखराको ट्राफिक अवस्थाको जानकारी गराउदै दुर्घटना न्यूनिकरण गराउन नगरपालिका, सडक बिभाग लगाएत सरोकारवाला निकाय र सर्बसाधारण लगायातको भुमिका महत्वपूर्ण रहने बताएका थिए । कार्यक्रमको संचालन जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रहरी नायब निरीक्षक सुमन न्यूरेले गरेका थिए ।


अनुशासित भै ट्राफिक नियम पालना गरौं, ट्राफिक प्रहरीको ईशारा वा सिठी संकेतलाई ध्यान दिऔं, जेब्रा क्रसिङबाट नै बाटो काटौं, हर्नको प्रयोग नगरौं, सवारी गति सिमित राखौ आफु पनि बचौ र अरुलाइ पनि बचाऔ भन्ने मुलनाराको साथमा बिभिन्न प्लेकार्ड ,ब्यानर सहित बिभिन्न संघ सस्था प्रतिनिधि एवं सर्बसाधरणले प्रभातफेरी रयाली गरेका छन ।

80Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected