
पोखरा, १ भदौ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन १ जोन २ का क्लबहरूको संयुक्त पदस्थापन, ईण्डक्सन तथा लायन्स क्लब अफ पोखरा समर्पितको चार्टर प्रिन्जेन्टेसन समारोह सम्पन्न भएको छ ।
एस.आर. केसी क्याटरिङ माटेपानी पोखरामा सम्पन्न पदस्थापन समारोहमा जोन २ अन्तर्गतका ४ क्लबहरू लायन्स क्लव अफ पोखरा पिपल चौतारी, पोखरा राईजिङ सन साथै नयाँ क्लबहरू लायन्स क्लव पोखरा समर्पित र पोखरा सितल चौतारीका अध्यक्ष एवं क्लबका पदाधिकारीलाई कार्यक्रममा प्रमुख अतिथि एलसीआईएफ एरिया लिड़र राजन लम्सालले पदस्थापन गराएका थिए । प्रमुख अतिथि लम्सालले लायन वर्ष२०२२/२३ का लायन्स क्लव अफ पोखरा पिपल चौतारीका अध्यक्ष शिवकुमार के सी, पोखरा राईजिङ सनका अध्यक्ष केशबराज चापागाईं लगायत क्लवका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथसँगै नेतृत्व परिवर्तनको औपचारिकता पुरा गराएका थिए भने नयाँ स्थापना भएका दुई क्लवहरु लायन्स क्लव पोखरा समर्पित संस्थापक भावना बसेल र पोखरा सितल चौतारीका संस्थापक अध्यक्ष दुर्गा रन्जीत लगायत क्लवका पदाधिकारीहरु र क्लवका संस्थापक सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई क्लवमा आवद्धता र सदस्यताको प्रमाणपत्र तथा पिनहरुले सुशोभित गरेका थिए ।

कार्यक्रममा वर्ष २०२१/२२ लायन्स क्लव अफ पोखरा पिपल चौतारी कुमार केसी र राईजिङ सनका कमला देवीपुर्जाले आफ़ना कार्यकालमा भए गरेका कार्य प्रस्तुत गरेका थिए भने बर्ष २०२२/२३ का अध्यक्ष शिवकुमार केसी र केशबराज चापागाईं नयाँ क्लबहरू लायन्स क्लव पोखरा समर्पित संस्थापक भावना बसेल र पोखरा सितलचौतारीका संस्थापक अध्यक्ष दुर्गा रन्जीतले हालसम्म सम्पादन गरिएका काम र आगामी दिनमा गरिने कामहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले क्लबलाई स्थाई क्लब बनाउन सुरूवात भएको छ आँउदो ३ बर्षभित्रमा डिष्ट्रिक्टका सम्पूर्ण क्लब स्थाई बन्ने किसिमले काम गर्न क्लब अध्यक्षलाई आग्रह गरेका थिए ।
दुई चरणमा सम्पन्न समारोह लायन्स क्लव अफ पोखरा पिपल चौतारी वर्ष २०२१/२२ का अध्यक्ष कुमार केसी र २०२२/२३ का अध्यक्ष शिवकुमार केसीले अध्यक्षता गरेका थिए ।
समारोहमा प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय चन्द्रकुमार केसी/बिनोद ढुङगाना, डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेल, जोन २ का जोन चेयरपर्सन सूर्य चापागाई, राईजिङ सनका प्रथम उपाध्यक्ष उज्जल घिमिरे, सचिव बन्दना गिरी, समर्पितका सचिव बन्दना तिमिल्सिना लगाएतले मन्तव्य राखेका थिए ।
समारोहमा लियो क्लब अफ पोखरा अमर बुद्वका अध्यक्ष लगाएतको टिमले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।





















