प्रधानमन्त्री कार्कीको चेतावनी: दलगत गतिविधिमा लागेको मन्त्रीले राजीनामा नदिए बर्खास्त गरिने
- January 6, 2026
- 252

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधिमा लागेका तथा आगामी चुनावमा भाग लिन तयारी गरिरहेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गतिविधिमा संलग्न मन्त्रीहरूले पदबाट राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएकी हुन्।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार, प्रधानमन्त्री कार्कीले सरकार गैरदलीय भएकाले यस्तो अवस्था उत्पन्न भएको बताउँदै, परिस्थिति बुझिदिन आग्रह गरेकी हुन्।
यसैक्रममा, घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरिसकेका छन् भने खेलकुद मन्त्री बब्लु गुप्ता पनि रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा भइरहेको एकता प्रक्रियामा सक्रिय छन्। प्रधानमन्त्री कार्कीले स्पष्ट रूपमा बताएकी छन् कि घिसिङलगायत दलगत गतिविधिमा संलग्न मन्त्रीहरूले राजीनामा नदिएमा उनीहरूलाई पदबाट बर्खास्त गरिनेछ।






सम्बन्धित खवर
















