
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र मेट्रो ल्याब प्रा.लि.बीच स्वास्थ्य परीक्षण सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार मेट्रो ल्याबले रिलायन्स फाइनान्सका कर्मचारी तथा ग्राहकलाई विभिन्न ल्याब परीक्षण सेवामा अधिकतम ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ। रिलायन्स फाइनान्सको प्रधान कार्यालय कमलादीमा सम्पन्न कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार मेट्रो ल्याबले प्रदान गर्ने हेल्थ प्याकेजमा १० प्रतिशत र अन्य ल्याब परीक्षण सेवामा ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप वा एटिएम कार्डमार्फत भुक्तानी गर्दा कर्मचारी तथा ग्राहकहरूले उक्त सुविधा प्राप्त गर्नेछन्।
काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दै आएको मेट्रो ल्याबसँग भएको यो सहकार्यले रिलायन्स फाइनान्सका सेवाग्राहीलाई स्वास्थ्य परीक्षणमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
देशभर २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि चितवनको लर्ड्स सीबीसी प्लाजा, मण्डला होलिडे लर्ड्स प्राइम काठमाडौं तथा डायमण्ड प्लालेस लर्ड्स प्लाजा नेपालगञ्जसँग समेत विभिन्न सेवामा छुट उपलब्ध गराउने गरी सहकार्य गरेको जनाएको छ।





सम्बन्धित खवर
















