
पोखरा, — गण्डकी प्रदेशका स्वास्थ्य सेवामा कानुनी सचेतना र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेडिकल अधिकृतहरूका लागि मेडिको–लिगल तालिम पोखरामा सुरु भएको छ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजना तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त तालिमको उद्घाटन केन्द्रका निर्देशक डा. विनोद बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठानका निर्देशक डा. प्रेम प्रसाद पंगेनी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

तालिममा गण्डकी प्रदेश सरकार मातहतका विभिन्न अस्पतालहरूबाट ६ जना मेडिकल अधिकृतहरूको सहभागिता रहेको छ। कार्यक्रमका तालीम केन्द्रका नबराज शर्मा, होग्रेथ भुर्तेल, दृष्टि पौडेल, अमृता त्रिपाठी, सृष्टि सुवेदी र रवीन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो।
प्रो. डा. मदन बराल मुख्य प्रशिक्षक रहनुभएको उक्त तालिममा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा देखा पर्ने कानुनी जटिलता, चिकित्सकीय उत्तरदायित्व र व्यावहारिक पक्षबारे प्रशिक्षण दिइने जनाइएको छ।
उद्घाटन कार्यक्रमको सञ्चालन तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत स्वस्तिका कुँइकेलले गरेकी थिइन। आयोजकका अनुसार, यस तालिमले मेडिकल अधिकृतहरूलाई स्वास्थ्य सेवा प्रवाहमा कानुनी रूपमा अझ सक्षम र जिम्मेवार बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





सम्बन्धित खवर














