0Shares

काठमाडौं, साउन १५। लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्सालले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन हार्दिक अपिल गरेका छन्।

उनले जारी गरेको अपिलमा नेपाल सबै नेपालीको साझा घर भएकाले जात, धर्म, भाषा, संस्कृति र विचारका विविधताबीच आपसी सम्मान, सहिष्णुता र भाइचाराको भावना कायम राख्नुपर्ने उल्लेख गरेका छन्। सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको भन्दै उनले विभाजन, घृणा र हिंसालाई अस्वीकार गर्दै संवाद, सहयोग र सहकार्यको संस्कृतिलाई प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय डाइरेक्टर लम्सालले कुनै पनि आधारमा भेदभाव नगर्न, फरक विचार र आस्थालाई सम्मान गर्न तथा समाजमा घृणा र विभाजन फैलाउने गतिविधिबाट टाढा रहन सबै नेपालीलाई अनुरोध गरेका छन्। साथै राष्ट्रिय सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितको संरक्षणमा प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सबै नागरिकको सक्रिय सहभागिता, आपसी विश्वास र सहकार्यबाट मात्र नेपाललाई अझ शान्त, सुरक्षित, समृद्ध र सभ्य राष्ट्रका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको अभियानमा सबैलाई हातेमालो गर्न आह्वान गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected