0Shares

काठमाडौँ । चीनतर्फ गएको हिमपहिरोपछि नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल बाढी सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।

चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण पानीको बहावमा जुनसुकै बेला परिवर्तन आउन सक्ने बताइएको छ। यस्तो अवस्थामा नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने भएकाले नदी आसपासका बस्तीमा जोखिम उच्च रहेको छ।

Screenshot

यसअघि चीनतर्फ हिमपहिरोसँगै आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति भइसकेको छ। थप जोखिम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा आधिकारिक सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected