
पोखरा भ्यूज
पोखरा । यो वर्ष मनसुन केहि अघि नै नेपाल भित्रिएको थियो । मनसुन नेपाल भित्रिएसंगै किसानहरु खुसी थिए । त्यसरी नै खुसी थिए पोखरा ३२ का किसानहरु पनि । उनीहरु खुसी हुनुको पछाडि दुई कुरा थियो । पहिलो त मनसुन सुरु हुनु दोस्रो भनेको भत्किएको सिचाई नहर कुलोको पुनः मर्मत हुने । गत वर्षको भदौ ८ गतेको वर्षाले भत्किएको नहर निमार्ण कार्य अघि बढिरहँदा अख्तियार अनुसन्धान आयोगले अवैद्य रुपमा नदीजन्य पदार्थ निकालिएको भन्दै टिपर र डोजरको चाबिँ खोसेर महानगरलाई बुझाएको थियो । नहरको नहुँदा सिचाईँमा समस्या आएको भन्दै स्थानीयहरुले पोखरा महानगरपालिकामा घेराउ गरेका छन् । उनहिरुले पोखरा महानगरपालिकाको कार्यालय भित्र रहेको गमला फुटाइदिएका छन भने प्रहरीलाई पानीको बोतल समेत प्रहार गरेका थिए । सोही भिड्मा रहेका स्थानीय किसान पदमराज तिवारीले ४ हजार रोपनी खेतमा सिचाईँ गर्ने काम रोकिएको सुनाए । महानगरपालिकाले किसानको मर्कालाई किच्दै कानमा ठेडी हालेर बसेको आरोप समेत लगाएका छन् ।
वेगनास सिँचाईँ वहाली अन्तरगतको विसी–३, विसी–४ को २ नहर भत्किएको थियो । अहिले सम्म पनि त्यो नहरको मर्मत कार्य नभएपछि आन्दोलन गर्न बाध्य भएका हुन् । पदमराज भन्छन्, ‘वडा र नहर सिँचाई समितिको भर पर्दा पर्दै नभई सकेपछि हामी सबै किसानहरु डिभिजन कार्यालयमा गयौं’ उनले थपें, ‘डिभिजन कार्यालयमात्रै नभई उर्जा मन्त्रालय समेत गर्यौँ उर्जा मन्त्रालयले पनि रकम छैन भनेपनि उर्जामन्त्रीले रकम जहाँबाट हुन्छ रकामान्तर गरेरै काम गर्ने भन्ने सर्तमा अहिले समितिले १ करोड ३० लाख रुपैयाँको काम सुरु भयो ।’
उक्त कार्यमा प्रयो हुने गिटी बालुवा भने वडाले उपलब्ध गराउने पर्ने भनिएपछि महानगरपालिकाकै स्विकृतमा स्थानीयको सहमतिमा खुदीखोलाबाट उत्खनन् गरिएको थियो । खुदीखोलाबाट नदीजन्य पदार्थ ल्याएर काम गर्दै गर्दा अवैद्य रुपमा ल्याइएको भन्दै अख्तियारी परेपछि काम रोकिएको हो । ‘हामीले महानगरमा चाबी माग्न आउँदा महानगरले नदिइसकेको सकेको अवस्थामा आज विवाद गर्न आइपुगेका हौँ ’ उनले भने, ‘यति नगरे काम नहुदो रहेछ ।’ उनका अनुसार सिचाईँ भत्किदाँ गत वर्ष खुदी खोला अन्तरगतको ७ नम्बर बस्तीमा ७ घर विस्थापित भएको थियो ।
अब समाधान गर्छौ ः मेयर धनराज
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले त्यहीको स्थानीयले अख्तियारमा उजुरी दिएका कारण समस्या आइलागेको बताए । उनले महानगरबाट ३ दिनका लागि अनुमति लगेपनि पटक–पटक स्थानीले अख्तियारी दिएपछि बाधा आएको सुनाए । ‘त्यहाँ सिचाईँको काम भइराखेको थियो हामीले खेत रोप्न पाइएन र हामीले नेपाल सरकारको नियम अनुसार असार लागेपछि डोजर लगाउन पाइदैन भन्ने भएपछि वडा अध्यक्ष ज्यु आफैँले भनेपछि यहाँबाट ३ दिनका लागि सिफारिस गरेर पठाइयो’ उनले भने, ‘सिफारिस गरेर पठाइसकेपछि त्यहाँ काम पनि सुरु भयो त्यस पछाडी तपाईँहरु मध्येकै कसैले अख्तियारीमा फेरी पनि निवेदन पठाउनुभयो । यहाँ अनविज्ञ तरिकाले काम ग¥यो । यो विपद् को अवस्था समेत रह्यो र किसानले धान रोप्न समेत पर्ने भएकाले हामीले जिल्ला प्रशासन प्रमुख संगपनि कुरा ग¥र्यौ । यो गम्भिर कुरा हो यसलाई २ दिन भएपनि सुचारु गर्न प¥यो भनेर फेरी भनेपछि काम सुचारु भयो । त्यसपछि फेरी अख्तियार पठाउनुभयो चाबि थुतेर ल्याएपछि हामीलाई बुझाएको छ । चाबि हामीसंगै छ ।’
उनले तत्कालै निर्णय गराउने काम नभए किसानलाई मर्का पर्ने बताए । उनले महानगरको इन्जिनियर सहितको टोलि गएर कति दिनमा सक्ने र कति समय लाग्ने विपद् व्यवस्थापन सहितको टोली जादाँ चाबि नखोसिने बताए । महानगरको उदेश्य भनेको खेती पनि काम पनि गर्ने रहेको उनले बताए । अख्तियार र जिल्ला प्रशासन कार्यालय बिच कुराकानी नहुँदा समस्या आएको र अहिले कुरा भइरहेको उनले जानकारी दिए ।






सम्बन्धित खवर
















