
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ र १९ का निर्वाचित जनप्रनिधिहरुलाई सम्मान गरिएको छ । स्थानीय महेन्द्रेश्वर महादेव गुठी राम्जे आश्रम संरक्षण समितिले विहीबार तल्लो शिवालयमा एक विशेष समारोहबीच नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा गुडी आश्रमको संरक्षण र विकासमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरु समेत सम्मानित भएका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा एवं सम्मानपत्र वितरण गर्दै नेपाली काँग्रेसगण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जेष्ठ नागरिकको सम्मानमा नेपाली काँग्रेसले नयाँ कार्यक्रम लिएर आउने बताए । उनले आश्रमको संरक्षण र विकास गरी परोपकारी काम गर्न आग्रह पनि गरे ।

महेन्द्रेश्वर महादेव गुठी राम्चे आश्रम संरक्षण समितिका अध्यक्ष एवं संरक्षक रिपुमर्दन थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अर्मत शर्मा तिमिल्सिना, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, कर्णेश्वर शिवालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर बानियाँ, समाजसेवी मोहनबहादुर खत्री लगायतका वक्ताहरुले श्रामका समस्या र चुनौतिबारे चर्चा गरेका थिए ।
कार्यक्रममा विभिन्न दाताहरुबाट रु एक लाख ६७ हजार ५१० रुपियाँ दानसंकलन गरिएको स्थानीय सन्दिप थापाले जानकारी दिए ।






सम्बन्धित खवर















