0Shares

पोखरा, वैशाख ३१ । पोखरा लेडी जेसीजको आयोजनामा ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत चौथो तथा पाँचौँ दिनको कार्यक्रमअन्तर्गत विद्यालय पोशाक वितरण तथा ‘भाषण कला र लेखा व्यवस्थापन’ विषयक तालिम सम्पन्न भएको छ। “सीप र सेवा, सफल व्यक्ति सुदृढ समाज” भन्ने मूल नारासहित पोखरा महानगरपालिका–३० मा कार्यक्रम आयोजना गरिएको हो।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसिजको मूल मन्त्रलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा शाखा अध्यक्ष जेसी सुनिता गौतम भण्डारीको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी रहेका थिए।

कार्यक्रममा वडा सदस्य उमा परियार, भीमकुमारी गर्बुजा, लेखनाथ जेसीजका अध्यक्ष जेसी सर्वेन्द्र न्यौपाने, संस्थाका पूर्व अध्यक्ष गायत्री फुयाल, सिनेटर बसन्त केसीलगायतको उपस्थिति रहेको थियो। विद्यालय पोशाक वितरण कार्यक्रमको मूल संयोजक जेसी विनिता केसी तथा संयोजक जेसी दुर्गा गर्बुजा रहेका थिए।

कार्यक्रमअन्तर्गत नवज्योति सन्नत आधारभूत विद्यालय र त्रिभुवन शान्ति विद्यालयबाट छनोट गरिएका २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको आयोजकले जनाएको छ। विद्यालयका शिक्षकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक उत्तरदायित्व तथा शैक्षिक सहयोगलाई प्राथमिकता दिइएको थियो।

यसैबीच ‘भाषण कला तथा लेखा व्यवस्थापन’ विषयक तालिम पनि सञ्चालन गरिएको थियो। तालिममा सजना महत र जेसी रबिन पौडेलले प्रशिक्षकका रूपमा भाषण कला र लेखा व्यवस्थापनका प्राविधिक तथा व्यावहारिक पक्षबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा वडा नं. ३० का टोल विकास समिति, आमा समूह, विभिन्न क्लबका सचिव तथा कोषाध्यक्षहरूका साथै पोखरा लेडी जेसीजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected