0Shares

हङकङ लायन्स अन्तर्राष्ट्रियको अध्यक्षमा मार्क लियोन निर्वाचित भएका छन् ।

लायन्स अन्तर्राष्ट्रियको हङकङमा सम्पन्न हुदै गरेको १०८औ अन्तर्राष्ट्रिय सम्मेलनबाट उनी सन् २०२६/२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् । जुलाई ३ देखि ७ तारिखसम्म सञ्चालन भएको पाँचदिने अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलबार समापन हुनेछ ।

सम्मेलनसँगै लायन्स अन्तर्राष्ट्रियको नयाँ नेतृत्व टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। लियोनसंगै डा. मनोज शाह अन्तर्राष्ट्रिय प्रथम उपाध्यक्ष, टोनी बेनबो दोस्रो अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा सी. रोबर्ट रेट्बी तेस्रो अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।

नयाँ कार्यकालको मूल नारा ‘Rooted in Service’ (सेवामै हाम्रो जग) तय गरिएको छ। यस नारामार्फत विश्वभरका लायन्स सदस्यलाई समुदायमुखी सेवा, नेतृत्व विकास तथा मानवीय कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ।

लायन्स अन्तर्राष्ट्रिय विश्वकै ठूलो सेवामूलक संस्थामध्ये एक हो। संस्थामा करिब १४ लाख सदस्य आबद्ध छन्। ती सदस्यले २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत, दृष्टि संरक्षण, भोकमरी न्यूनीकरण तथा युवा सशक्तीकरणलगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन्।

नवनिर्वाचित नेतृत्व टोलीलाई विश्वभरका लायन्स सदस्यले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नयाँ नेतृत्वले विश्वव्यापी लायन्स परिवारलाई थप एकताबद्ध, सक्रिय र सेवामुखी बनाउँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected