0Shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा सभामुख महराले १२ बुँदे सम्झौतादेखि शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको दाबी गर्नुभयो । उहाँले स्व. कोइराला सबै राजनीतिक दललाई साथ लिएर अगाडि बढ्न सक्ने नेताको रुपमा आफूले पाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि कोइरालाको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ । संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई कोईराला पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल हुनुभएको थियो । निडर र दुरदर्शी नेताका रुपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected