0Shares

भक्तपुर । कुल पुजा र पितृको उद्धार नभए परिवारमा दुःख र अनिष्ट हुन्छ भन्ने मान्यताका साथ भक्तपुरमा आगोमा नाचेर कुल र पितृको उद्धार गर्ने परम्पराले निरन्तरता पाएको छ ।

गएराती भक्तपुरको सूर्र्यबिनायक नगरपालिका वडा ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका २३ युवाहरुले परम्परालाई निरन्तरता दिएका हुन् । धामी गुरुले बायु उतार्ने बिधिद्धारा मानिसको शरिरमा एक महिनासम्म कुल र पितृ डाकेर कुलपुजा गरेपछि पुजा सम्पन्न गर्न आगोमा उफ्रनुपर्ने परम्परा रहेको उनीहरुले बताएका छन् । आगोमा नाचेर भोग लगाएपछि खली हाल्ने परम्परा अनुरुप सयौं भारी दाउराको चाँङ बनाएर आगो बाली कोइलामाथि नाचेर परम्परालाई निरन्तरता दिएका हुन् । आगोको कोइलामाथि नाचेर खली कोइला पूर्ण रुपमा निभाएपछि बायु उतारिएको मानिन्छ । कुलभित्रका कोही ब्यक्तिले आत्महत्या गरे वा अकाल मृत्यु भएमा कुलभित्र अशान्ति र अनिष्ट हुने भएकाले आगोमा नाचेर बायु उतारे कुलका सबैलाई शान्ति मिल्ने जनविश्वास रहि आएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected