0Shares

काठमाडौँ, २५ पुस । नेपाली काँग्रेसले आज देशभरि संसद विघटनलाई अलोकतान्त्रिक असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको छ । देशका ३३० प्रदेशसभा चुनावी क्षेत्रमा भएको ती प्रदर्शनमा प्रदर्शनमा सहभागीलाई पार्टी सभापति शेरबहादुर देउवाले बधाई तथा आभार व्यक्त गर्नुभएका् छ ।

“के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावनालाई अभिब्यक्त गरेको छ । नेपाली कांग्रेसको आयोजनामा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा भएको विरोध प्रदर्शनमा व्यापक रुपमा सहभागि हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गर्दछु, ” सभापति देउवाद्धारा जारी विज्ञप्तिमा भनिएको छ। साथै प्रदर्शन सफल बनाउन अहोरात्र लाग्नुभएका प्रदेश सभा क्षेत्रीय कार्यसमितिसंगै पार्टीको सबै तहका नेता कार्यकर्ता, भातृ र शुभेच्छुक संस्था, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दै सभापति देउवाले पुस १३ को प्रदर्शनमा झैं आजको प्रदर्शनमा पनि सामाजिक संजाल मार्फत सकृय भूमिका निर्वाह गर्ने विशेषतः युवा पंक्तिलाई विशेष बधाई ज्ञापन गर्दछु भन्नुभएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected