0Shares

चितवन । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ ।

साथै पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिक रुपमा सरल भाषामा प्रस्तुत गरिएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । उनले भने, “ कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् । ”

कथाकार वसन्तको यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । कृति अहिले तेस्रो सस्करणमा प्रकाशित हुँदै छ ।

‘मोम्चो’ शब्दको अर्थ चेपाङ भाषामा महिला वा नारी भन्ने हुन्छ । आख्यानकार वसन्तले भने, “ कथा सङ्ग्रहभित्रको शीर्ष मोम्चो कथाबाट कृतिको नामकरण गरेँ । विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका समस्यालाई कथामा केन्द्रत गरेको छु ।”

यही मङ्सिर १९ गते अक्षर समूह चितवनको आयोजनामा कृतिको सार्वजानिक हुनेछ । सोही अवसरमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्नेछन् ।

वरिष्ठ सञ्चारकर्मी वसन्त लामो समयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत छन् । उनी तीन दशक भन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected