
4Shares
पोखराभ्यूज
पोखरा । सरकारले तारा एयर विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।
आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन्। लामिछानेलाई आयोगको सदस्य सचिवको जिम्मेवारी तोकिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलले जनाएका छन्। वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा जाँच आयोग गठन गरेको हो।

4Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
















