
पोखरा। कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले पदमबहादुर घिमिरेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाका अनुसार उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी र कोषाध्यक्षमा गोपाल शर्मा चयन भएका छन्।
सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा तथा सदस्यमा सीता बराल र धनराज पराजुली चयन भएका छन्। त्यस्तै ऋण उपसमितिमा शिवराज बराल र रमेश पौडेल चयन भएका छन्।
सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले सहकारीको आर्थिक अनुशासन कमजोर बन्दै गएको उल्लेख गर्दै पारदर्शिता, सहकारीका सात सिद्धान्त र इमान्दारितामा आधारित व्यवस्थापन आवश्यक रहेको बताए।

अधिवेशनमा सहकारीका सल्लाहकार डार्विन लम्साल, विश्वराज आचार्य, रामजीप्रसाद कोइराला र सुरेन्द्रप्रसाद अधिकारीलगायतले सहकारी मात्र होइन, सम्पूर्ण कर्मचारीको कार्य–शैली (वर्किङ मोडालिटी) सुधार अनिवार्य भएको धारणा राखेका थिए।
अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षता, शिक्षा समिति संयोजक डिल्लीराम रेग्मीको संचालन रहेको कार्यक्रममा बद्री पौडेलले स्वागत मन्तव्य र चित्रा ढकालले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
सहकारीका प्रबन्धक तथा कार्यालय प्रमुख निरोज मल्लका अनुसार एसईई, +2 र उच्च शिक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई शैक्षिक पुरस्कार, उत्कृष्ट कारोबारकर्तालाई सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान, ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट सदस्य सम्मान तथा बाल बचत सम्मान प्रदान गरिएको छ।
निजामति कर्मचारी युनियनको अगुवाइमा सञ्चालन भइरहेको सहकारीमा ७२५ सेयर सदस्य रहेका छन्। सहकारीले १० करोड ३५ लाख रूपैयाँ बराबरको कुल कारोबार गर्दै आएको छ भने करिब ६ करोड रूपैयाँ ऋण लगानी र ३ करोड ५४ लाख रूपैयाँ तरलता रहेको छ।






सम्बन्धित खवर
















