0Shares

लेखनाथ, चैत ८। एनआईएमबी बैंकले पोखरा महानगरपालिका–२६ स्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयका १८१ जना विद्यार्थीलाई आइतबार पोशाक वितरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको लेखनाथ शाखामार्फत बहिरा विद्यार्थीलाई ट्र्याकसुट प्रदान गरेको हो।

पोशाक हस्तान्तरण कार्यक्रममा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा अवसरबाट वञ्चित समुदायका नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय तह र वित्तीय संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सीसी क्यामेरा, सडक बत्ती तथा डिजिटल बैंकिङ प्रवर्द्धनमा वडाले सहकार्य गर्न सक्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा एनआईएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरिएको बताए।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्यापक राजेन्द्र शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक नवराज अधिकारीले गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected