0Shares

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको ग्राण्ड प्राइज जित्न सफल भएकी छन्।

Together We Are One: The Truth Beyond Appearances” शीर्षकको उनको निबन्धले विश्व शान्ति, मानव एकता, सहअस्तित्व र बाहिरी रूपभन्दा परको सत्यलाई अत्यन्त भावुक, दार्शनिक तथा प्रेरणादायी शैलीमा प्रस्तुत गरेको छ। कम दृष्टिशक्ति (Low Vision) लिएर जन्मिएकी एड्रियेनले आफ्नै जीवनका अनुभवलाई आधार बनाएर शान्तिको वास्तविक अर्थ उजागर गरेकी हुन्।

उनको निबन्धमा मानिसहरूले रंग, रूप, भाषा, पहिचान र सीमाका आधारमा एकअर्कालाई विभाजन गर्ने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाइएको छ। उनले लेखेकी छन्—“Most people learn about the world through light and color. I also see light, but it reaches me softly, without the sharpness that creates filters and categories.”

एड्रियेनका अनुसार मानिसलाई छालाको रंग, शारीरिक अवस्था वा सामाजिक हैसियतले होइन, व्यवहार, संवेदनशीलता र कमजोरप्रतिको दृष्टिकोणले चिनिनुपर्छ। उनले विश्वमा देखिने युद्ध, द्वन्द्व, घृणा र बहिष्कार आकस्मिक नभई मानिसले सिर्जना गरेका कृत्रिम विभाजनको परिणाम भएको उल्लेख गरेकी छन्।

उनले आफ्नो निबन्धमा लेखेकी छन्—“We are all made from the same cosmic elements, living under different coverings.” अर्थात्, हामी सबै एउटै अस्तित्वका अंश हौं, केवल बाहिरी आवरण फरक छन्।

एड्रियेनले “Together We Are One” को अर्थ सबैले एउटै सोच राख्नु होइन, बरु फरकपनलाई सम्मान गर्दै सहअस्तित्व स्वीकार गर्नु हो भन्ने सन्देश अत्यन्त प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। निबन्धको अन्तिम भागमा उनले लेखेकी भावुक पंक्तिले विश्वभरका पाठकको मन छोएको छ—“यदि हामी केही क्षणका लागि सामूहिक रूपमा आँखाहरू बन्द गर्न सक्यौं भने, हामी धनी–गरिब, बलियो–कमजोर वा यहाँ–त्यहाँको विभाजन देख्ने थिएनौं। हामी केवल बाँच्न, प्रेम गर्न र हाम्रो साझा घर जोगाउनुपर्ने समान आवश्यकता महसुस गर्ने थियौं।”

एड्रियेनको यो सशक्त अभिव्यक्तिलाई मानवता, सहिष्णुता र विश्व शान्तिको प्रेरणादायी आवाजका रूपमा हेरिएको छ। लायन्स इन्टरनेशनलद्वारा आयोजित यस वर्षको पिस एसे प्रतियोगितामा उनको विचारले विश्वभरका निर्णायक तथा पाठकलाई गहिरो रूपमा प्रभावित पारेको बताइएको छ।

लायन्स अन्तर्राष्ट्रियको Public Relations Department Manager तथा Marketing Division की Shauna Schuda, MBA ले दिएको जानकारीअनुसार एड्रियेनलाई उक्त ग्राण्ड प्राइज आगामी लायन्स अन्तर्राष्ट्रियको १०८ औ सम्मेलनमा औपचारिक रूपमा प्रदान गरिनेछ।

दृष्टिविहीनताको सीमाभन्दा माथि उठेर विश्वलाई मानवताको साझा सत्य सम्झाउने एड्रियेन मिरेली दा सिल्भाको यो उपलब्धि आजका युवापुस्ताका लागि मात्र होइन, सम्पूर्ण विश्व समुदायका लागि प्रेरणाको उज्यालो सन्देश बनेको छ।

भिडियो लिंक https://youtu.be/vyF7bRLQrKE?si=AWpxnrt2JfiysPFb

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected