0Shares

पोखरा । पोखरा लेडी जेसीजद्वारा आयोजित “जेसीज सप्ताह २०२६” अन्तर्गत दोस्रो दिन शनिबार मादी गाउँपालिका–६ ताप्राङस्थित महारुद्र माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

“सेवा नै धर्म हो, मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै “सीप र सेवा, सफल व्यक्तित्व सुदृढ समाज” भन्ने अवधारणासहित सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी सुनीता गौतमले जानकारी दिइन्।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, दन्त परीक्षण, निःशुल्क सुगर तथा रक्तचाप जाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा कुल १७५ जनाले स्वास्थ्य सेवा लिएका थिए।

कार्यक्रम पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी सुनीता गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा मादी गाउँपालिका–६ का वडा अध्यक्ष दिलबहादुर क्षेत्री उपस्थित थिए भने विशेष अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम देवकोटा सहभागी भएका थिए। त्यसैगरी, ताप्राङ स्वास्थ्य चौकीका अहेव सर्वेश यादव अतिथिका रूपमा उपस्थित थिए।

शिविर सञ्चालनमा मेडिप्लस अस्पताल र मिरर डेन्टलले स्वास्थ्य प्राविधिकसहित आवश्यक सहयोग उपलब्ध गराएका थिए।

जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक जेसी बिनिता के.सी. तथा संयोजक जेसी डा. नमिता अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन पोखरा लेडी जेसीजकी सहसचिव जेसी रचना अधिकारीले गरेकी थिइन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected