0Shares

काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर (International Director) पदका लागि इन्डोर्स गरिएका राजन लम्सालको सम्मान तथा सफल कार्यकालको शुभेच्छासहित आयोजित “आशीर्वादमय साँझ” कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

लम्सालद्वारा आयोजित उक्त कार्यक्रममा नेपालका अग्रज तथा वरिष्ठ लायन्स नेतृत्वकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, संजय खेतान, मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापालगायत नेपालका वरिष्ठ लायन्स लिडरहरूले लायन लम्साललाई सफल कार्यकालका लागि शुभकामना तथा आशीर्वाद व्यक्त गरेका थिए।

वक्ताहरूले राजन लम्सालको नेतृत्व क्षमता, सेवाप्रतिको समर्पण र लायन्स अभियानमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय डाइरेक्टरका रूपमा उहाँले नेपाल तथा विश्व लायन्स समुदायको गौरव अझ उँचो बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले लम्सालको आगामी कार्यकाल अत्यन्त सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उहाँको नेतृत्वमा लायन्सको सेवा अभियानले नयाँ उचाइ हासिल गर्ने अपेक्षा व्यक्त गरेका थिए।

“आशीर्वादमय साँझ” ले केवल शुभकामना आदान–प्रदानको अवसर मात्र नभई लायन्स परिवारबीचको एकता, सद्भाव र सेवाभावलाई थप सुदृढ बनाउने अवसरसमेत प्रदान गरेको छ।

सो अवसरमा अन्तर्राष्ट्रिय डाइरेक्टर पदका उम्मेदवार राजन लम्सालले कार्यक्रममा उपस्थित पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टरहरू, एरिया लिडर, मल्टिपल काउन्सिल चेयरपर्सन, काउन्सिल चेयरपर्सन–इलेक्ट, डिष्ट्रिक्ट गभर्नरहरू, गभर्नर–इलेक्ट, भाइस डिष्ट्रिक्ट गभर्नर–इलेक्ट, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा पूर्व डिष्ट्रिक्ट गभर्नरहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

उनले “आशीर्वादमय साँझ” कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थिति, अमूल्य सुझाव, शुभाशीर्वाद तथा मार्गदर्शनले कार्यक्रमलाई अविस्मरणीय र थप अर्थपूर्ण बनाएको उल्लेख गर्दै सम्पूर्ण अग्रज तथा नेतृत्वपंक्तिप्रति कृतज्ञता प्रकट गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected