0Shares

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा आएका छन्।

एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेलविश्रुत थापाले संयुक्त रूपमा गरेका हुन्।

मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक सबै स्वीकृति प्राप्त भइसकेको छ। यससँगै समृद्धि फाइनान्सको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय जिम्मेवारी अब पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित पूर्व समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ। प्रणाली एकीकरणका लागि एक दिन बैंकिङ सेवा स्थगित गरिएपछि शुक्रबारदेखि नयाँ एकीकृत प्रणालीमार्फत सम्पूर्ण सेवा सञ्चालनमा आएको हो।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष रजोजमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ लगायतले मर्जर सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका थिए।

पोखरा फाइनान्सका निवर्तमान अध्यक्ष राजकुमार गुरुङले मर्जरपछि संस्था थप बलियो, प्रतिस्पर्धी र विश्वासिलो बनेको बताए। अध्यक्ष अजयकुमार मिश्रले दुई संस्थाको एकीकरणसँगै संस्थागत सुशासनलाई थप सुदृढ बनाउँदै ग्राहक, सेयरधनी र लगानीकर्ताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय रामु पौडेलविश्रुत थापाले वित्तीय क्षेत्रको स्थायित्व र सुदृढीकरणका लागि यस्ता मर्जरलाई नियामक निकायले निरन्तर सहयोग र आवश्यक मार्गनिर्देशन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected