13Shares

काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच भिडन्त भएको छ । प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार एशोसियशनले विहीबार सर्वोच्च परिसरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि कानून व्यवसायी र प्रहरीबीच भिडन्त भएको हो ।

कानून व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र तनावग्रस्त भएको छ ।कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेपछि प्रहरी र कानून व्यवसायीबीच धकेलाधकेल भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले प्रदर्शन गर्न रोक लगाए सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने अडान राखेपछि प्रहरीले बल प्रयोग गरेको थियो । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै प्रहरी विरुद्ध पनि नारा पनि लगाएका छन् ।

 

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected