२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पोखरामा सम्पत्ति शुद्धीकरणसम्बन्धी छलफल गैरकानूनी क्रियाकलाप रोक्न सरकार दृढ : सचिव गौतम

पोखरा भ्यूज । प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताएका छन् । उनले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको समन्वयमा शुक्रबार पोखरामा आयोजित सम्पत्ति शुद्धीकरण  तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सचिव गौतमले  आफूले गरेको कारोबार शुद्ध बनाउन, आफूसँग सहकार्य गर्ने व्यक्तिको सम्पत्तिको स्रोतबारे स्पष्ट हुन पनि आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानून देखाएर असल काम गरिरहेका व्यवसायीहरुमाथि दुःख दिन नहुने धारणा राखे । उनले कानूनी जटिलताका कारण धेरै व्यवसायीहरु थप दण्ड र जरिवानामा परिरहेको बताउँदै सचेतनामूलक कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिए ।
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सबैको सुझावको आधारमा सम्पत्ति शुद्धीकरण  तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानून बन्ने बताए ।कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुसन्धानको दायरामा आउँदैमा अपराधी करार गरियो भन्ने मानशिकताबाट मुक्त हुन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सम्पत्ति शुद्धीकरण विभागका  निर्देशक तेजप्रसाद प्रसाईंले सम्पत्ति आर्जन गर्नु अपराध नभए पनि त्यसको गलत व्यवस्थापन गर्नु अपराध भएको बताए । सम्पत्ति लुकाउने वा छल्ने, हस्तान्तरण वा रुपान्तरणमा जालझेल गर्ने,स्वामित्व लुकाउने,कसुरबाट सम्पत्ति प्राप्त गर्नु नै अपराध भएको उनको भनाई थियो । स्वस्थ अर्थतन्त्र  विकास गर्न, पूँजी पलायन रोक्न,अपराध नियन्त्रण गर्न तथा वैदेशिक व्यापारमा सहजता ल्याउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग क्रियाशिल भएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दामु अधिकारीले सम्पत्ति शुद्धीकरणको लागि डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।अर्का केन्द्रीय सदस्य बाबुराम गिरीले अवैधानिक तवरले काम गर्नेलाई कारबाही र असल काम गर्नैलाई प्रोत्साहन गरिनुपर्ने धारणा राखे ।नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशकी सदस्य रामकली खड्काले महिला उद्यमीहरुको प्रोत्साहन गर्दै उनीहरुले गरेका व्यवसायमा कर छुट दिनुपर्ने माग गरिन् ।


पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले ट्याक्स क्लिरियन्ससम्बन्धी कानून प्रष्ट नभएको धारणा राखे ।संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको जीवन कर तिरेरै सकिने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे । पोखरा हार्डवयर एसोसिएसनका अध्यक्ष शेषकान्त ढकालले सबै व्यवसायीहरुलाई कर कार्यालयले समान व्यवहार गर्नुपर्ने माग राखे ।
अडानका अध्यक्ष रुद्रनाथ पौडेलले न्यूनबिजीकरणमा सामान खदिर र बिक्री गर्नेहरुमाथि निगरानी बढाउनुपर्ने माग गरे । पोउवा संघका उपमहासचिव केशवबहादुर खत्रीले सम्पत्ति शुद्धीकरण विभाग स्वयंले प्रभावकारी काम गर्न नसकेको गुनासो गरे ।संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव सुरेन्द्रमान विजुक्छेले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…