6Shares

पोखरा भ्यूज

पोखरा । पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ ।

यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् ।

ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन् ।

वातावरण संरक्षणका अभियान्ताहरु जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), राम बहादुर लामिछाने, ठाकुर बराल, सन्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारी पुगेका छन् । उनीहरुले लेकसाइडको डिभाइडरबाट फुलका कटिङहरु लगेर सारेका हुन् ।

अहिले सम्म १ हजार कर्बिर फुलका विरुवा सारी सकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै १ हजार भन्दा बढि कर्बिर फुलका विरुवा रोप्ने तयार पारेको बताए । विरुवा सार्नका लागि सहयोग गर्न हेम्जा बासिलाई बरालले अनुरोध गरे । कर्बिरका दुई थरी रातो र सेतो फुल्ने फुल सारेको उनले बताए ।

पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले उनीहरुको कामलाई धन्यवाद दिदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । फुल हुर्काउन निकै मेहनत गर्नु पर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा विरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियालि र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected