
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना नवकन्याको विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ।
बडादसैँको अवसरमा नवदुर्गाको स्वरूप मानेर नवकन्याको पूजाअर्चना गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको पूजा गर्नुभएको हो। सो अवसरमा प्रथम महिला सबिता पौडेल पनि उपस्थित हुनुहुन्थ्यो।
हिन्दू धार्मिक मान्यताअनुसार नवदुर्गाका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गर्ने गरिन्छ।
पूजाका क्रममा राष्ट्रपति पौडेलले नवकन्याहरूको गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गर्नुभएको थियो। बडादसैँमा नवकन्याको पूजाअर्चना गर्नुलाई शक्ति, श्रद्धा, पवित्रता र नारी सम्मानको प्रतीकका रूपमा लिने गरिन्छ।












