पोखरा भ्यूज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा दुई विषयमा फेल (नन्ग्रेडेड) विद्यार्थी पुरक परीक्षामा सहभागी हुन पाउनेभ एका छन् ।
एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
बोर्डले प्रकाशित गरेको विज्ञप्तिमा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने उल्लेख छ ।
यद्यपि ‘पुरक परीक्षाको विस्तृत जानकारी र समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ समेत शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । तर एनजी ल्याउने मध्ये एक विषय र दुई विषयमा कति विद्यार्थी छन् भन्ने तथ्यांक बोर्डले खुलाएको छैन ।


