15Shares

युब राज खनाल, शुक्ला-१, तनहुँ

सायद ४/५ बर्ष पहिलेको कुरा हो । गाउँ जान छोरी स्वस्तिका र म छौ । अरुअरु पनि छ्न सायद सबै आ-आफ्नो गन्तव्यमा जान पोखराबाट खैरेनीटारको मिनि बस चढदै गरेका छ्न । मेरो छेउमा एक बुढी आमा छ्न । रुग्न र भग्न जस्तो लाग्ने बृद्द शरीरमा पधेराले खाएका पुराना पात जस्ता बस्त्र धारण गरेकी । भिजाएर निचोरेको खद्दको कपडा झै मुजामुजा परेको अनुहार ।
मोबाइलमा , मैले उनको फोटो खिचे । तर उनले थाहा पाईनन । लाग्यो बुढाबुढी भएपछि मानिस जस्तै हिमाल , पहाड जस्तै हुदोरहेछ क्यारे । जसरी हिमाल , पहाड , जङ्गलले फोटो खिचेको थाहा पाउदैन त्यसरी नै ती बुढी आमाले पनि थाहा पाईनन । बस अमरासिह , तालचोक हुँदै तल्लो गगनगौडामा रोकियो । बस झरेर हामी गाउँ जान हिड्यौ ती आमा पनि सगै छ्न । हामी तालखोला र खुदी खोला दोभान माथिको जिण झलुङे पुल तर्दै छौ । वर्षा रीतुले धोएर होला सुकिलो बनाएको आकास हेर्न दुई खोलाको पानी पनि आकास जस्तै निलो छ ।नदिले तनहुँ र कास्की जिल्ला पनि छुट्याएको छ र जोडेको पनि छ । जसरी छुट्याएको छ र जोडेको पनि छ नदिको पानीले दुई किनारालाई ।
देख्नमा हामिले झोलुङ्गे पुल तर्दै गरेको देखिएपनी ,थाहै नपाउने गरि हामी जीवन कै पुल तर्दै छौ । यतिन्जेल आफुले तरेका पुलहरु आफैले हिडेका पाइलाहरु जति नै असंख्य भए होलान् । समयले जोड्ने पुल। पुल तरेर केही समय हिडेपछि गुवेखोला पारी एउटा सानो चौतारो छ । तल्लोगगन गौडा देखिको हिडाईको थकाई मार्न र बाकी हिडाईलाई उर्जा जन्माउन चौतारोमा थकाइ मारेकी उनै बुढी आमा र छेउ तिर छोरी र म ।
बस बाट झरेर हिड्न थालेपछी नै याद गरिरहेको थिए – उनको दाईने हातले लौरो टेकिरहेको र देब्रे हातले गरुँगो जस्तो लाग्ने झोला झुन्डिईएको छ । हसियाझै कुप्रेको उनको शरीरलाई त्यही लौरोले धानेर हिड्न सघाई रहेकोे छ । लाग्यो उनको जिवनको सबैभन्दा नजिकको आफन्त भन्नू नै त्यही लौरो हो यतिखेर ।सायद भगवान भन्दापनि आफन्त ।
घरमा लैजान कोसिले भनेर किनेका पहेला र पोटिला केरा एक दर्जन छ्न ,छोरी स्वस्तिकाको झोलामा । छोरीको झोलाबाट सबै केरा निकाले छोरी र मैले एक एक वटा कोसा केरा लिएर बाकि ती बुढी आमा तिर दाइने हात बढाउदै भने- केरा खानुहुन्छ आमा? आफ्नै छोराले सोधेझै उनले सहज उत्तर दिईन – किन खादैन्ते बा । बाकी दसकोसा केरा उनितिर बढाए । तर उनले लिन मानिनन । भनिन – सबै लिदा त भारा लाम्च नि बा ! म करुणाले भरिए । बोल्न पनि सकिन तर बिस्तारै भने – लाग्दैन आमा । तपाईलाई पनि कतिले भारा तिर्न होला । सके मैले पनि तिर्न होला । उल्टै गहभरी आँसु बनाउदै बुढी आमाले भनिन – मैले कल्लाई के अर्न सौचु र बा ! एकैछिन पछी बेस्सरी सुस्ताईन केही हिड्ने बल आएछ क्यारे उनको शरीरमा । उठिन। उसरिनै दाईने हातले लौरो र देब्रे हातले झोला झुन्डायाईन । आमा झोला दिनुस म लिइदिन्छु । उनले फेरि त्यही वाक्य दोहोर्याईन – भारा लाम्च नि बा ! उनको अनुहार हेरे आँखा हेरे । मलाई लाग्यो , त्यो देख्दानै अति गरुँगो देखिने झोला त्यति गरुँगो महसुस भएको छैन जति गरुँगो लागेको हुदो हो उनलाई आफ्नै जीवन । केही समय सगै हिड्दा सास रोक्दै स्वाआ स्याआ गर्दै बुढीआमाले आफ्ना जिवनका काहानी भन्दै गर्दा मैले उनको अनुहारमा यसो हेरे । तर हेरिरहन सकिन । उनका आँखा जुनकीरीझै पिलपिल बले जस्ता देखिन्थे । लाग्यो उनको आखामा आसुका बाध बाधिएर बिजुली बत्ती बलिरहेको छ । सायद मेरो पनि आवज ननिकालिकन रुने बानिको बिकास भईसकेको रहेछ क्यारे आफैले आफैलाई थाहा नपाउने गरि रोहिरहेको रहेछु ।मलाई लागेको थियोे रोहेको त हुँदै होइन म किन आँसु झर्छ बर्बर । छेउमा भएकी छोरी तिर हेरे उनको आखामा पनि तप्प तप्प आँसु झरिरहेका थिए । छुट्टी ने बेला आएछ उनी नयाँ गाउँ जाने हामी सेराबेसि । छुटिने बेला ती आमाले हामिलाई हेरिन हाम्ले ती आमालाई तिनै जनाका आखामा आँसु सिवाय केही थिएन ।
आज हाम्रा कयौ आमाहारु छ्न जो घर परिवारमा कोहि सहारा नभएका त्यता आमा बाबा को राज्यले दाहित्व लिनु पर्ने हो तर त्यता प्रती कसैको सहानुभूति छैन । उमेर पुगका सम्पन या बिप्पन जस्तालाई पनि भत्ता भन्दा पनि साहारा नभएकालाई राज्याले साहारा दिनु पर्छ । हामी सबैको एक दिन त्यहि अबस्था आउँछ । हामी पनि ती आमा जस्तै बुढेसकालमा रुदै बिताउनु पर्न सक्छ कस्लाई पो के थाहा छ र ?
छोराछोरीहरु भएका कयौले आफ्ना बुढा भएका बा आमा लाई हेला गर्ने अपमान गर्ने गरेका पनि छौ एक पटक ती बुढी आमाको आफुलाई कल्पना गरेर हेरौ त । हामिले बुझ्न् जरुरी छ समय नरोकिने र नसिद्धिने चक्र हो तर जीवन भने सकिदै जाने समयको छोटो चक्र हो । हाम्रो पनि ती दिन आउछ्न त्यसैले बृद बृधाको सम्मान गरौ । उहाहरुलाई सक्दो सहयोग गरौ ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected