10Shares

बि .पि.को दृष्टिकोणमा समाजबादका बिभिन्न पहलहरु छन् । समाजबादका व्यवहारिक पक्ष र सैद्धान्तिक पक्ष, राजनीतिक स्वतन्त्रता, समान आर्थिक अवसर, समानता र वितरण एवं उत्पादन प्रणाली आदि । समाजबाद संग यी तमाम बिषयहरु अन्योन्याश्रित छन् ।

वि.पि.भन्नुहुन्थ्यो , व्यवहारिक समाजबाद भोको मानिसको लागि एकमुठी चिउरा हो । सैद्धान्तिक रुपमा भन्दा साम्यबादमा प्रजातन्त्र थपिदियो भने समाजबाद हुन्छ । समाजबाट प्रजातन्त्र झिकीदियो भने साम्यबाद रहन्छ । उहाँका अनुसार समाजबादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ भन्ने कुरामा बि.पि.बिश्वास राख्नुहुन्थ्यो । वि.पि.को प्रजातान्त्रिक समाजबाद भन्नु नै राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको योग हो । उहाँका अनुसार समाजबादनै भविष्यको आयाम हो । बि.पि.कम्युनिष्टहरुको राय विपरित मान्छे रोटीले मात्र बाँच्दैन र पूँजीवादीको राय विपरित अनियन्त्रित उपभोक्ताबाद अनैतिक हुन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । वि.पि.को समाजवादका मौलिक र आधारभूत मान्यताहरु मूलरुपमा -अर्थव्यवस्था नै समाजको विकासको कारण हो । समाजमा उपलव्ध सवै उत्पादनका साधन भूमि, पूँजी, प्रबिधि र श्रमलाई समाजले नियन्त्रण गर्छ । (निर्वाचित जनप्रतिनिधिहरुले राज्यको पूँजी नियन्त्रण गर्न र कहाँ र कसरी प्रयोग गर्ने भन्ने निर्णय पनि गर्न सक्छ) भन्ने थियो ।
बि.पि.का अनुसार समाजबाद आदर्श वा राजनीतिक नारा मात्र होइन । यसमा उत्पादन र उत्पादन प्रणाली संगसंगै जानुु पर्छ । यी दुवै समाजबादका अंग हुन । समानतालाई संकुचित नवनाइकन समाजबादलाई आर्थिक र राजनीतिक समानताको रुपमा बुझनु जरुरी हुन्छ ।
बि.पि.को विचारमा समानता भन्नु अवसर र साधनको वितरण हो । बि .पि भन्नुहुन्थ्यो आर्थिक समानता, समाजको उत्पादन क्षमता संग सम्बन्धित हुन्छ । थोरै परिमाणमा उत्पादन गर्ने र आवश्यकता भन्दा थोरै परिमाणमा वितरण गर्ने कार्यबाट आर्थिक न्याय हुनै सक्तैन । समान र न्यायपूर्ण (पुग्नेगरी) तरीकाले वितरण गर्न सकिने परिमाणमा बस्तु उत्पादन गर्न सकियो भनेमात्र मानिसले न्याय भएको महसुस गर्न सक्छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजबाद आबश्यक मानिएको र त्यसरी आवश्यकता मानिनु पछाडिका कारणहरु जमीनको स्वामित्वका आधारमा परम्परागत शक्ति भएका र शक्तिको संरचना संग सम्बन्ध भएका सामन्तबादी अवस्थाको अन्त्य गर्न । विर्ता,जमिन्दारी जस्ता संस्थागत भएका शोषणयुक्त उत्पादन सम्बन्ध भएको भूमि व्यवस्थाको अन्त्य गर्ने विषयमा प्राथमिकता दिन।छुवाछुत र सामाजिक विभेद विरुद्ध लडन। राजनीतिमा उदार एवं प्रजातान्त्रिक मूल्य स्थापित गर्न र स्वास्थ्य र शिक्षामा लगानी गर्न ।आर्थिक आधुनिकीकरण गर्न ।
अन्त्यमा, वि.पि.को बिचारमा समाजबाद भन्नाले समाजका आवश्यकता पूरा गर्न सकिनेगरी पर्याप्त उत्पादन गर्नु हो । आर्थिक उत्पादन र उत्पादकत्व नै बास्तबमा समाजवाद हो । समाजबादको लक्ष्य प्राप्तिका निम्ति वितरण गर्न आवश्यक परिमाण पुग्नेगरी पर्याप्त बस्तु उत्पादनमा बृद्धिगर्न सक्नु पर्दछ । त्यसो गर्न सकियो भनेमात्र मागअनुसार बस्तुको वितरण गर्न सकिने कुराको सुनिश्चितता हुन सक्छ ।
बर्तमान अबस्थामा नेपाली काङ्ग्रेसको नेतृत्वले न त बि. पि को समाजबाटलाई मनन गरि अगाडि बढेको छ ? न त परिमार्जित गरि देश काल र परिस्थिति अनुसारनै चल्न सकेको छ । पार्टी भित्र एकाधिकार , दादागिरी र अनुशासनहिनताले प्रसय पाएको छ । जसको कारण इमानदार कर्तव्यनिष्ठ कार्यकर्तामा नैराश्यता बढेको छ । आज स्व. बि. पि जयन्ती आशा छ बाटो बिराएका नेपाली काङ्ग्रेसको नेतृत्वले आजैका दिनबाट आत्मालोचना गरि आफुमा सुधार ल्याउने छ्न । आगामी दिनमा नेपाली काङ्ग्रेस एक मात्र नेपाली जनताको बिश्वासको पार्टीका रुपमा स्थापित हुने छ ।
जय नेपाल 🙏🙏🙏

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected