23Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । स्वस्थ मुटु नेपालले अन्नपूर्ण गाउँपालिका, कास्कीमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको स्वस्थ मुटु नेपालको आयोजना, टाईगर ग्रुप नेपालको सहयोग अन्नपूर्ण गाउँपालिका कास्कीको स्थानीय व्यवस्थापनमा असोज १२ गते शनिवार अन्नपूर्ण, ढिकुर पोखरीस्थित नागडाडाँ स्वास्थ्य चौकीमा  मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो

मुटु रोगको पहिचान, यस्को रोकथामभन्ने मूल नाराका साथ स्थापित स्वस्थ मुटु नेपालले निशुल्क मुटु रोग शिविर संचालन गर्ने संस्थाका अध्यक्ष डा. सूर्य देवकोटाले बताए विश्व मुटु दिवसको पूर्वसन्ध्यामा हृदयरोग निवारणका क्षेत्रमा क्रियाशिल यस संस्थाले स्वस्थ समाज निमार्णको उद्देश्य बोकेका अन्य संस्थाहरुसँगको सहकार्यमा चिकित्सक तथा आवश्यक जनशक्ति, उपकरण औषधि आदिको व्यवस्थापन गरी एक दिने निशुल्क मुटु स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष डा. देवकोटाले बताए

उक्त स्वास्थ्य शिविरका लागि पालिकाको तर्फबाट आवश्यक संसाधन, व्यवस्थापकिय सहयोग तथा समन्वयका लागि अनुरोध गर्ने निर्णय समेत गरेको संस्थाका सचिव प्रकाश बिक्रम जिसीले बताए

शिविरमा मुटु रोग सम्बन्धी परामर्श, .सी.जी, ईको कार्डियोग्राफी सेवा साथै निशुल्क औषधी वितरण गरिनेछ

शिविर सम्पन्न गर्नका लागि स्वस्थ मुटु नेपालका उपाध्यक्ष भरत पराजुलीको संयोजकत्वमा सदस्यीय कार्यसम्पादन समिति गठन समेत गरिएको जसमा ऋषिराम पौडेल (अन्नपूर्ण गाउँपालिका, कास्की स्वास्थ्य शाखा प्रमुख), बाबुराम भण्डारी, रमेश भण्डारी, बिष्णु बहादुर क्षेत्री, इन्द्र प्रसाद पौडेल टंकराज अधिकारी सदस्य रहेका छन्

शिविर सम्पन्न गर्नका लागि चरक मेमोरियल हस्पिटलले प्राविधिक सहयोग गर्नेछ भने नेपाल रेडक्रस सोसाईटी कास्की, ढिकुर पोखरी समाज, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थालगाएतले शिविरमा आवश्यक सहयोग गर्नेछन्

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected