480Shares

पोखरा भ्यूज

पोखरा, १३ असोज स्वस्थ मुटु नेपालको आयोजनामा विश्व मुटु दिवसको दिनमा नि:शुल्क मुटु स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ आइतवार कास्कीको अन्नपूर्ण गाउँपालिका, ढिकुरपोखरीस्थित नागडाँडा स्वास्थ्य चौकीमा नि:शुल्क मुटु स्वास्थ्य शिविर सहित सचेतना कार्यक्रम मनाइएको कार्यक्रम संयोजक स्वस्थ मुटु नेपालका उपाध्यक्ष भरत पराजुलीले बताए

मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्न मुटु दिवसकै सन्दर्भ पारी स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रा. लि., टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजना साथै मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टर काठमांडौ, जयन्ती मेमोरियल ट्रस्ट नेपाल, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, ढिकुर पोखरी समाज, नेपाल रेडक्रस सोसाईटी कास्की, होटल पिस प्लाज़ाको बिशेष आयोजना अन्नपूर्ण गाउँपालिका कास्कीको स्थानीय व्यवस्थापनमा सचेतना मूलक कार्यक्रम सहित नि:शुक्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको हो

शिविरमा करिव ५०० जना सेवाग्राही लाभान्वित भएको स्वस्थ्य मुटु नेपालका सचिव प्रकाश बिक्रम जिसीले बताए । उनका अनुसार सेवा लिन आएका सेवाग्राही मध्ये १७१ जनाको ईको, २५० जनाको ईसिजि र २९१ जनालाई औषधी वितरण गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टर काठमांडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सूर्य देवकोटासहित डा. दिनेश उप्रेती, डा. मदीना मियाँ साथै पोखरास्थित चरक मेमोरीयल हस्पिटल प्रा. लि.का डा. एस.के. जैसवाल, सन्देश प्रकाश पराजुलीसहितको १३ सदस्यीय चिकित्सक सहित १६ जनाको प्राविधिक टोलीले सेवा उपलब्ध गराएको थियो । र, विरामीलाई नि:शुल्क औषधी समेत उपलब्ध गराईएको थियो ।

कार्यक्रमको पूर्व संध्यामा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसी, डा. सूर्य देवकोटा, चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेल, नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष डण्डराज पौडेललगाएत विभिन्न संघ संस्थाको सहभागितामा नागडाँड़ाचोक देखि गाउँपालिकाको कार्यालयसम्म सचेतना मूलक र्रयाली आयोजना गरिएको थियो

मुटु स्वास्थ्य शिविरमा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले विशेषज्ञ टोलीसहितको नि:शुल्क स्वास्थ्य शिविर घर आँगनमा आएको छ, यस महत्वपूर्ण अवसरलाई सदुपयोग गरी सेवा लाभ लिनु हुन गाउँपालिकावासीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै स्वस्थ मुटु नेपालका अध्यक्ष डा. सूर्य देवकोटाले व्यस्त जीवन शैली  खानपानका कारण आज हामी मुटुरोगको सम्भावित जोखिममा छौं, त्यस्का लागि स्वस्थ खानपान, आराम तथा व्यायामको सन्तुलनले मुटु रोगमा नियन्त्रण गर्न सकिने बताए तर, यसका लागि जनचेतना पनि आवश्यक भएकोसमेत उनले सुनाए  मुटुरोग लाग्नाको कारण उच्च रक्तचाप, उच्च कोलेस्टोर, धुम्रपान, मधुमेह (सुगर), तौलको असन्तुलन, ब्यामको कमी, मद्यपान लगाएत रहेको स्थानीयवासी समेत रहेका डा. देवकोटाको भनाई थियो

आयोजक संस्था चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेलले पोखरामा चरक मेमोरियल अस्पतालले मुटु सम्बन्धी सेवा प्रदान गर्दै आएको बताउदै यस शिविरमा चेकजाँचसहित बिशिष्कृत सेवा आवश्यक पर्ने बिरामीका लागि बिशेष छुटका साथ सेवा उपलब्ध गराउँने जानकारी दिए उनले अन्नपूर्ण गाउँपालिकासँग छिट्टै नै स्वास्थ्य सम्झौता गरी सहकार्य गर्ने भनाई राखेका थिए

टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम अन्नपूर्ण गाउँपालिका कास्कीका स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले संचालन गरेका थिए

480Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected