22Shares

पोखरा भ्यूज

टंकराज अधिकारी/पूर्व बिधार्थी मञ्च, माछापुच्छ्रे मा बि/ क्याम्पसको पुनर्मिलन शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमले १९औं वर्षमा पनि निरन्तरता पाएको प्रत्येक बर्ष बड़ादशैको दोश्रो दिन द्वादशीका दिन माछापुच्छ्रे मा बि/क्याम्पस परिसरमा पूर्व बिधार्थीहरूलाई भेला गराई पुनर्मिलन तथा शुभकामना आदानप्रदान गरिने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिदै आएको मञ्चका अध्यक्ष बिष्णु प्रसाद अधिकारीले बताए

सोमवार माछापुच्छ्रे माबि बिधालय परिसरमा आयोजित कार्यक्रममा समस्त नेपालीहरूका महान चाडपर्व बडादशै, तिहार, छठ, नेपाल सम्वत् ११४५, ल्होसार लगाएतको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको हो

कार्यक्रममा माछापुच्छ्रे मा बि बाट आधारभूत तह, एसईई  माध्यमिक तह परिक्षामा सर्वौकृष्ट अंक ल्याउने छात्रछात्रा / जनालाई सम्मान गरिएको थियो सम्मानित हुनेमा क्रमशः आधारभूत तहको कक्षा मा उत्कृष्ट अंक ल्याउने छात्रा मनिसा सुनार छात्र अंकित अधिकारी, माध्यमिक शिक्षा परीक्षा (एसईई) छात्रा मोनिका देवकोटा छात्र दिपेश भण्डारी, माध्यमिक तह उत्तीर्ण छात्रा रचना पौडेल छात्र अमृत भूजेललाई पुरस्कृत गरिएको थियो

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि मञ्चका सदस्य लोकराज भण्डारी, मञ्चका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, मञ्चका संस्थापक अध्यक्ष डा. गिरधारी दाहाल, पुर्व अध्यक्ष यादवराज अधिकारी, निवर्तमान अध्यक्ष गायत्री पराजुली अन्नपूर्ण गाउँपालिका का वडाध्यक्ष तुलसी प्रसाद अधिकारी, का वडाध्यक्ष पीताम्बर भण्डारी, समाजसेवी कुलबहादुर गुरूङकुलु’ मञ्चका सल्लाहकर एवं बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीपूर्वप्रधानाध्यापक रामचन्द्र सुवेदीलगाएतले नगद, सम्मानपत्र एवं मायाको चिनो प्रदान गरेका थिए

यसैगरी माध्यमिक तहमा सत प्रतिशत बिधार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू शालिकराम अधिकारी(नेपाली), कृष्ण प्रसाद अधिकारी (सामाजिक), असित बराल (गणित) लाई सम्मान गरिएको थियो भने शिक्षक दीपकराज अधिकारीलाई माध्यमिक तह प्रथम श्रेणीमा पदोन्नति हुन सफल भएकोमा बधाईसहितको सम्मान कार्तिक गतेबाट अनिवार्य अवकाश पाउँनु हुने बिधालयका प्रधानाध्यापक घनश्याम पौडेललाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो

कार्यक्रममा वर्ष अभिभावक विष्णुप्रसाद अधिकारी, कलाकारिताका क्षेत्रमा रहेर योगदान पुर्र्याएका दिवाकर भण्डारी, स्थानीय कृषि तथा पशुपालन क्षेत्रबाट योगदान पुर्र्याएका बोधराज भण्डारी, सफल पर्यटन व्यवसायी ऋषिराम भण्डारी, भर्खर मात्र बिधावारिधी गरेका पूर्व विद्यार्थी हरिश्चन्द्र भण्डारी, अन्नपूर्ण गाउँपालिका शिक्षा प्रमुख बलराम भुगाईलगाएतलाई सम्मान गरिएको थियो

त्यस्तै चर्चित हाँस्य कलाकार दिवाकर भण्डारीले माछापुच्छ्रे माबि, धारापानी मा बि सृजना माबिका गरी  जना गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्रत्येक बर्ष प्रदान गरिदै आएको शैक्षिक सामाग्री एवं छात्रबृति प्रदान गरेका थिए

पुनर्मिलन एबं शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि लोकराज भण्डारीले बहुआयामिक क्षेत्रमा कृयाशील पुर्व विद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यालयलाई सम्झन १९ बर्ष अघि मञ्च गठन गरिएको स्मरण गराउदै पूर्व विद्यार्थीहरुले साझा मञ्च मार्फत आफुले हासिल गरेका सिकाई भोगाई अनुभवहरु साटासाट गर्ने थलोको रुपमा मञ्चलाई प्रयोग गर्नु पर्नै बताए ।

मञ्चका संस्थापक अध्यक्ष ड़ा गिरधारी दाहाल, पूर्व अध्यक्ष यादव राज अधिकारी, गायत्री अधिकारी, अन्नपूर्ण गाउँपालिका का वडाध्यक्ष तुलसी प्रसाद अधिकारी, का वडाध्यक्ष पीताम्बर भण्डारी, समाजसेवी कुलबहादुर गुरूङकुलुगाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भूगाई, मञ्चका सल्लाहकर एवं बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारी, बिधालयका प्रधानाध्यापक घनश्याम पौडेल, पूर्वप्रधानाध्यापक रामचन्द्र सुवेदीलगाएतले पूर्व विद्यार्थीहरुलाई संगठित गरी हासिल गरेका अनुभव सिकाईलाई विद्यालय सुधारमा लगानी गर्ने पूर्व विद्यार्थीहरुलाई संगठित गर्ने सोचका साथ गठन गरिएको यस मञ्चले सार्थकता पाएकोमा गर्व महशुष गरेका थिए

पूर्व बिधार्थी मञ्च, माछापुच्छ्रे मा बि/क्याम्पसका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षता महासचिव रमेशराज भण्डारीको सञ्चालन सञ्चालन रहेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष गौरी अधिकारीले गरेकी थिईन् साहित्यकार अम्बिका भण्डारीले आफ्ना सृजना प्रस्तुति गरेकी थिईन्

समापन अवसरमा बोल्दै अध्यक्ष बिष्णुप्रसाद अधिकारीले पूर्व बिधार्थीहरु संगठित भई आफुले हासिल गरेका अनुभव सिकाईलाई शिक्षा आर्जन गरेको विद्यालय सुधारमा लगानी गर्नु पर्ने बताउदै नेपालीका चाडपर्वले सबैलाई असत्यमाथि सत्यको जीत कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected