11Shares

पोखरा भ्युज

पोखरा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा उपस्थितप्रधानमन्त्री ओलीले सम्बोधन गर्दै शिक्षा स्वास्थ्य क्षेत्रलाई अझ उन्नत बनाउन सरकार प्रयासरत् रहेकोसमेतबताए

उनले नेपालमा व्यवस्थामात्र नभई, अवस्था पनि परिवर्तन भएको दाबी गरे कोहीकोही मान्छेहरु भन्ने गरेकाछन्, व्यवस्था परिवर्तन भो, अवस्था परिवर्तन भएन, जस्ताको जस्तै ,’ उनले व्यङ्ग्य गर्दै भने, ‘यो चाहिँ के भो?’

उनले अगाडि भने, ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि सेसनमा विद्यार्थी उत्तीर्ण गराइसक्यो यही पढ्न कति गाह्रो थियो कहाँ पुग्नुपथ्र्यो उनका अनुसार २००४ सालमा पहिलोपल्ट एसएलसीको परीक्षाकेन्द्र नेपालमा राखेको थियो पहिलोपल्ट ८० जना विद्यार्थीले भाग लिएकोमा जना महिलाहरु थिए

अहिले यति धेरै युनिभर्सिटी छन्, यति धेरै कलेजहरु छन् यति ठूलो चारपाँचको लाखको संख्यामा एकैपल्टपरीक्षा लिन्छौं अनि अवस्थामा परिवर्तन भएन ?’ प्रधानमन्त्री ओलीले भने

उनले स्वास्थ्य क्षेत्रमा पनि नेपालले फड्को मारेको बताए मिर्गौला प्रत्यारोपण नहुँदो हो आफ्नो २० औंवार्षिक पुण्यतिथि पनि भइसक्ने उल्लेख गरे उनले भने, ‘पोखरामै १४ जनाको किड्नी ट्रान्सप्लान्ट गरिसकेकाछौं यो मेडिकल साइन्सको कुरा हो ज्ञानको कुरा हो ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन प्रगतिहासिल हुँदै गएकाले ऋषिमुनिले भन्दै आएकोसर्वे भवन्तु सुखिनःको आधुनिक रूपसमृद्ध नेपाल, सुखीनेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको बताए

उनले भने, ‘अहिलेका विद्यार्थीलाई थाहा नहुन सक्छ २८ सय वर्षअघि यही क्षेत्रमा तक्षशिला विश्वविद्यालयथियो हजार वर्षअघिका वेद छन् हजार वर्षअघिका औषधी विज्ञानको ईतिहास गणित, खगोलशास्त्रको इतिहास हाम्रा पुर्खाले बनाए उनले आफूहरु विद्वानका पुर्खाका सन्तान भएको उल्लेख गर्दैपुर्खाले ज्ञानको सुरूवात गरेको पनि बताए

दीक्षित भएका विद्यार्थीलाई उपलब्धिहरु हासिल गर्दै जान, योग्य, नमुना आदर्श योग्य नागरिक बन्न सुझाव दिए उनले भने, ‘तपाईंहरु यो समाजका लागि उपयोगी हुन सक्नोस् आज तपाईंहरुमात्र खुसी हुनुभएको छैन, तपाईंहरुको परिवारका सदस्यहरु पनि खुसी हुनुभएको पढेर कहिले नसकिने उनको कथन थियो पढाइसँगै विनम्रता आवश्यक रहेको भन्दै उनले मानिसमा घमण्ड पलाउन दिनु नहुने सुझाव दिए घमण्ड भयोभने भित्र केही पस्न दिँदैन पढेको मान्छे पनि चिनिनु परो नि, विनयशीलता, शालीनता हुन्छ पढेको मान्छेमा,’ उनले भने

सय वर्षमा स्वीडेनले धेरै विकास गरेको उदाहरण दिँदै उनले भने, ‘हामी उठ्न नसक्ने कुनै कारण छैन हामीसूचना प्रविधि आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौं चीनले त्यत्रोजनसंख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो हामीले पनि हाम्रो देश आफैँ बनाउन लाग्नुपर्छ ज्ञान अरूको पनि लिनुपर्ने आफैँले काम गर्नुपर्ने उनले बताए

प्रतिष्ठानको पहिलो तथा दोस्रो ब्याचमा डक्टर अफ मेडिसिन तथा मास्टर्स अफ सर्जरी ४३ जना विद्यार्थी उत्तीर्णभएका हुन् तीमध्ये दीक्षान्त समारोहको फर्म भरेका ३८ विद्यार्थी बिहीबार दीक्षित भएको जानकारीप्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षत्रीले दिए यस्तै, विद्यार्थीलाई उपकुलपति पदकबाट दीक्षितगरियो जसमा मास्टर्स अफ सर्जरी इन अर्थाेपेडिकमा प्रथम ब्याचका अरबिन्दकुमार शाह दोस्रो ब्याचकामास्टर्स अफ सर्जरी इन जनरलका आशीष सापकोटा छन् ओलीले प्रतिष्ठानलाई हरेक वर्ष दीक्षान्तसमारोहको परिपाटी बसाल्न सुझावसमेत दिए

समारोहमा सहकुलपति हैशियतले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल पनि सम्बोधन गर्दै स्वास्थ्यक्षेत्रमा सरकारका उपलब्धिसँगै योजनाबारे जानकारी दिए

पोखरा नर्सिङ कलेज परिसरमा भएको समारोहमा प्रमुख अतिथिको रूपमा स्वीडेनको क्यारोलिन्स्काइन्स्टिच्यूटका प्राध्यापक म्याग्नुस वेस्टग्रेन उपस्थित थिए

यसैबीच, प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका थिए उनले १७ करोडको लागतमा बनेको उक्त भवनको निरीक्षणसमेत गरे

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected