5Shares

पोखरा ।  इम्ब्रोइरी एण्ड गामेन्ट्स एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सिप विकास तालिम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा अल्लो उद्योग जानकारी, रुकुमकोट छिपखोला खोला अल्लो उद्योगमा तालिम, प्युठानको हिमाल अल्लो कपडा उद्योगमा कच्चा पदार्थ सम्बन्धी जानकारी लगायतका कार्यक्रम गरिएको थियो ।

रुकुमकोटको सिस्ने गाउँपालिका २ स्थित छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सिप विकास तालिममा सहभागीले कच्चा पदार्थको प्रशोधन प्रक्रिया लगायतमा जानकारी लिएका थिए ।

त्यस्तै छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिर्था पुनले अल्लोको खेती, कटानी, प्रशोधन, कपास धागो बनाउनेदेखि डिजाइन तथा बुन्ने लगायतका विषयमा तालिम दिएका थिए । उक्त अवसरमा अल्लोको प्रयोगका फाइदा र उद्योग सञ्चालनका समस्या लगायतका बारेमा जानकारी गराए ।

बाग्लुङको ताराखोला गाउँपालिका वडा नं ५ स्थिल अल्लो उद्योगमा भएको कार्यक्रममा अल्लो उद्योग र त्यसका समाग्री उत्पादन प्रक्रिया लगायतमा जानकारी गराइएको थियो । ११ जना दिदी बहिनी कार्यरत केन्द्रमा १२ वटा तानमा चाल्ने सिस्नोको पाटबाट प्रशोधनगरी कपडा उत्पादन भैरहेको लगायतमा जानकारी गराइयो ।

स्थलगत अवलोकन एवम् तालिम पश्चात रुकुम पूर्वमा आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सभामुख घर्तीले स्थानीय सिप र साधनले पर्यटकीय बजार बिस्तार र पहुँच निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै तालिमको महत्वबारे प्रकाश पारे । वातावरणमैत्री उद्योगले रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले कृषकको उत्पादन र बजारीकरणमा तीनवटै तहका सरकारको सहयोग आवश्यक हुनेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले मध्य पहाडी लोक मार्गको पहुँच बिस्तारले स्थानीय सिपयुक्त उत्पादन मुख्य बजारसम्म जोडिएकोले गुणस्तरीय समान उत्पादनमा ध्यान दिनु पर्ने बताए ।

एगाका पूर्व अध्यक्ष विश्वराज पोखरोलले तालिम निकै उपयोगी बनेको धारणा राखे ।

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गरेको कार्यक्रमको संयोजन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गीता ढकाल(पौडेल)ले गरेकी थिईन् ।

कार्यक्रमकै क्रममा प्युठानको गौमुखी गाउँपालिकाको हिमाल अल्लो उद्योगको पनि स्थलगत रुपमा अध्ययन, अवलोकन एवम् जानकारी लिइएको थियो ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected