
पोखरा । लायन्स क्लब अफ पोखरा अभियानले कास्की मादी गाउँपालिका–१२ निवासी २९ वर्षीय मृगौला पीडित विशाल रानाभाटलाई नगद प्रदान गरेको छ । क्लबले लायन वर्ष २०२५/२६ को पहिलो सेवा कार्यक्रम अन्तर्गत रानाभाटलाई नगद ३० हजार ५ सय आर्थिक सहयोग प्रदान गरेको हो।
रानाभाटका दुबै मृगौला फेल भई मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्थामा क्लबले सुरु गरेको यो मानवीय अभियानले सामाजिक उत्तरदायित्वप्रतिको उदाहरणीय कार्य प्रस्तुत गरेको कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष एवं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले बताए ।
क्लबका अध्यक्ष बिनोदराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, एरिया १६ का को–अर्डिनेटर सूर्य चापाई, डिपार्टमेन्ट चिफ मातृका पोखरेल, क्लबका रिजन चेयरपर्सन डिलाराम लामिछानेलगाएतको उपस्थिति रहेको थियो।
क्लब अध्यक्ष आचार्यले लायन वर्षको प्रारम्भ सेवामूलक कार्यबाट गर्न पाउनु गौरवको कुरा भएको बताउँदै सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने कुरा बताए ।
क्लबका सचिव सुशिल दाहालको सञ्चालन रहेको कार्यक्रममा संयोजक दिपेश रानाभाटले स्वागत मन्तव्यराखेका थिए ।













