8Shares
पोखरा, ६ साउन । नेपाली काँग्रेसका नेता महेश आचार्यले विचारका पछि नभै गुटका पछि दगुर्ने क्रमले पार्टी सगठन कमजोर बन्ने गरेको बताएका छन् ।
विपी कोइलालाको ४३ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रमा उनले  पछिल्लो समयमा विचारका पछि नभै गुटका पछि दगुर्ने प्रबृत्ति बढीरहेको बताएका हुन् ।
गुटप्रतिको दासत्वले काँग्रेस गाँजिएको बताउँदै नेता आचार्यले त्यसबाट माथि उठ्नु जरुरी रहेको धारणा राखे ।
विपीका निष्ठा, समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै उनले सत्ताको मात्रै खेल हुँदा त्यसले राष्ट्रमा दुर्गती निम्त्याउने जिकिर गरे ।
प्रजातन्त्र नभै राष्ट्रियता बलियो नहुने बताउँदै उनले विपीले देश र जनताको लागि ठूलो बलिदानी गर्नुभएको बताए । पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको गतिहिनताले निराशा छाएको बताउँदै नेता आचार्यले सुशासनसँगै देशभित्र रोजगारीको सिर्जना लगायतका कुरामा ध्यान दिनु जरुरी भएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले विपीकै योगदानका कारण वर्तमानमा आँफूहरूले अभिव्यक्ति दिनसक्ने स्वतन्त्रता प्राप्त गरेको बताए । विपीका आदर्शलाई आत्मसात गर्दै अघि बढ्न सकेमा त्यसबाट राष्ट्रका लागि उचित मार्गनिर्देश हुने बताए ।
नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापाले विपी विचार आँफैंमा आदर्श भएको बताउँदै त्यो कहिल्यै नमर्ने बताइन् । मानिस ब्रेडले हैन ब्रैनले सञ्चालन हुन्छ भन्ने विपीको महान बाणि भित्र ठूलो कुरा लुकेको उनले बताए ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा अनुशासन जरुरी रहेको धारणा राखेका थिए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका का.वा सभापति कल्पना तिवारीले विपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँका विचार सबैका लागि अनुकरणीय भएको बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु), सह महामन्त्री कोपिला रानाभाट, प्रशिक्षण विभाग उपप्रमुख प्रा.डा.कुशुमाकर न्यौपाने, नेपाली काँग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी, पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्क्षे, क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, नेपाल दलित संघ गण्डकीका अध्यक्ष परशुराम वि पोखरोल लगायतले विपी विचारलाई आत्मसात नगर्दा काँग्रेस दिनानुदिन कमजोर बन्दै गएको धारणा राखेका थिए ।
8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected