
पोखरा । कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा पर्यटन व्यवसायी लेख बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय सिक्लेस पर्यटन व्यवस्थापन समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेल प्रसाद गुरुङ, कोषाध्यक्षमा नौमाया गुरुङ र सदस्यहरुमा कोषाध्यक्ष टंक प्रसाद गुरुङ,लिल बहादुर गुरुङ, टाईमाया गुरुङ, तुल प्रसाद गुरुङ प्रकाश, होमन गुरुङ, दिनेश गुरुङ, रमेश बि. क., लेख प्रसाद गुरुङ र शशी गुरुङ चयन भएका हुन्।
क्षेत्र व्यवस्थापन समिति पार्चे मादी १ का सचिव गेहेन्द्र गुरुङको अध्यक्षता भएको कार्यक्रममा मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देबीजंग गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पर्यटकीय क्षेत्रको रुपमा परिचित यस क्षेत्रमा थप पर्यटकीय गतिविधि संचालन गर्न समितिले सक्रियता देखाउने विश्वास व्यक्त गरे ।
एक्याप सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की, समाजसेवी लेख बहादुर गुरुङ लगायतले नवनिर्वाचित समितिलाई बधाई दिँदै, पर्यटन विकासमा थप भुमिका निर्वाह गर्ने बताए।
उक्त कार्यक्रममा जनप्रतिनिधि, संरक्षण क्षेत्र व्यवस्थापन समिती, उप-समिती, होटल ब्यवसायी, होमस्टे संचालक, आमा समुह, युवा क्लव, टोल संयोजकहरुको उपस्थिति रहेको थियो ।










