2Shares

पोखरा । पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आयोजना गरेको खुला तिज गीत प्रतियोगिताको उपाधि देविस्थान महिला समूह पोखरा २५ ले जितेको छ ।

देविस्थानले उपाधिसँगै ४० हजार नगद र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पस विद्यार्थी समूह दोस्रो, कमलज्योति आमा समूह तेस्रो तथा अमरसिंह सांस्कृतिक समूह र अमरसिंह दृष्टिविहीन समूह सान्त्वना भएका छन् ।दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका छन् । उत्कृष्ट नृत्य जिमिरेटोल प्रगतिशील आमा समूह र भेषभुषामा क्षेत्री दिदी बहिनी समूह छनोट भएका छन् । दुवैलाई ७ हजार ५ सयका दरले पुरस्कार दिइएको छ । प्रतियोगितामा २२ टीमको सहभागिता थियो ।

कार्यक्रमलाई शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले संस्कार र संस्कृति संरक्षणमा यस्ता प्रतियोगिताले उल्लेख्य भूमिका खेल्ने बताए । संस्कृतिको पहिचान र सृजनशीलताको सम्मान गर्न कार्यक्रम राखिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

आदर्श समाज सामाजिक संस्थाको व्यवस्थापनमा भएको हो । संस्थाकी अध्यक्ष इन्दिरा भण्डारीले लोक परम्पराको संरक्षणका लागि वडाले गरेको प्रयास प्रभावकारी भएको बताइन् ।
2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected