2Shares

काठमाडौँ । बागमती प्रदेश सभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् ।

जेन जेड आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईँलाई औपचारिक राजीनामा पत्र बुझाएका हुन् ।

पत्रमा उनले संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम सभामुख पदबाट राजीनामा गरेको उल्लेख गर्दै, “राष्ट्र रोएको बेला जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको” बताएका छन् ।

२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूले सामूहिक राजीनामा दिने घोषणा गरेपछि पाठकले पनि फेसबुकमार्फत सभामुख पद त्यागेको घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमती प्रदेश सभामुख बनेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected